Developed By Kuldeep Sharma

April 24, 2022

कांग्रेसले अझै टुङ्ग्याउन सकेन महानगरकै उम्मेदवार

काठमाडाैँ। आगामी वैशाख ३० मा हुन लागिरहेकाे स्थानीय तहकाे दाेस्राे निर्वाचनका लागि निर्वाचन आयाेगले आइतबार र साेमबार अर्थात् आज र भाेलिका लागि मनाेनयन दर्ताकाे समय छुटाएकाे छ ।

त्यसका लागि आयाेगले दुवै दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्मकाे समय ताेकेकाे छ । जसअनुसार निर्वाचनमा सहभागी हुने दलका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराउँदै छन् ।

तर, सरकारकाे नेतृत्वकर्ता दल नेपाली कांग्रेसले भने मनाेनयन दर्ता कार्यक्रम शुरू भइसक्दा पनि उम्मेदवार टुङ्ग्याउन सकेकाे छैन । कांग्रेसले पाँचदलीय गठबन्धनमा बनेकाे सहमतिअनुसारकाे महानगर र उपमहानगरकाे उम्मेदवार टुङ्ग्याउनसमेत नसकेकाे हाे । कांग्रेसकाे भागमा काठमाडाैँसँगै विराटनगर र ललितपुर महानगर परेकाे छ । तर, कांग्रेसले काठमाडाैँबाहेक अन्य दुई महानगरमा भने उम्मेदवार टुङ्ग्याउन सकेकाे छैन ।

उम्मेदवारहरू टुङ्ग्याउने एजेन्डाका साथ आजै बिहान मात्रै पनि कांग्रेसकाे बैठक बसिरहेकाे छ । याे बैठकले भने उम्मेदवारहरूकाे टुङ्गाे लगाउने सञ्चारमन्त्रीसमेत रहेका नेता ज्ञानेन्द्रबहादुर कार्कीले बताए । उनकाअनुसार आज कांग्रेसले महानगर र उपमहानगरकाे उम्मेदवारहरू टुङ्ग्याउनेछ ।

अर्का एक नेताकाअनुसार बिहान ९ बजे शुरू भएकाे बैठक एउटा सहमतिका साथ सकिने छ भने ११ बजे केन्द्रीय कार्यसम्पादनकाे बैठक बसेर उम्मेदवारहरू टुङ्ग्याउनेछ ।

आफ्नो भागमा परेकाे महानगर काठमाडाैँकाे प्रमुखको उम्मेदवारमा सिर्जना सिंहको नाममा सहमति भए पनि ललितपुर र विराटनगरको प्रमुखमा कसलाई उम्मेदवार बनाउने भन्ने यकिन हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma