Developed By Kuldeep Sharma

April 24, 2022

मेलम्चीको पानी आजबाट काठमाडौंका धारामा

काठमाडौं।  आजदेखि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले काठमाडौं उपत्यकामा मेलम्चीको पानी पुन:वितरण शुरु भएको छ । खानेपानी तथा सरसफाइमन्त्री मन्त्री उमाकान्त चौधरीले आइतबार काठमाडौंको मीनभवनस्थित पानी ट्यांकीबाट पानीको वितरण सुरु गरेका छन् ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलका प्रवक्ता प्रकाश राईका अनुसार आज मीनभवन, खुमलटार र महाँकाल चौरको ट्यांकीबाट पानीको वितरण सुरु भएको छ । क्रमैसँग केही दिनभित्रै सबै पानी ट्यांकीबाट मेलम्चीको पानीको वितरण सुरु हुने उनले बताए । ‘५ करोड लिटर पानी वितरण थालिएको हो,’ उनले भने,’अहिले काठमाडौंमा दैनिक १५ करोड लिटर पानीको वितरण सुरु भएको छ ।’ केयूकेएलको मीनभवन शाखाका अनुसार आज विहान ९ देखि ११ बजेसम्म पानी वितरण गरिएको थियो । तालिका नबनिसकेकाले पानी कतिखेर आउँछ भन्ने तय भइसकेको छैन ।

प्रवक्ता राई केयूकेएलका शाखाहरुले आफैंले तालिका बनाएर पानी आउने समय सार्वजनिक गर्नेछन् । अनामनगर, बाँसबारी, महाराजगञ्ज, बालाजु, खुमलटार, कीर्तिपुर, थिमिको तिगेरी र कटुन्जे पानी ट्यांकीबाट पनि केही दिनमा मेलम्चीको पानीको वितरण सुरु हुनेछ । मेलम्ची खानेपानी आयोजना निर्माण शुरु भएको झण्डै २२ वर्षमा अघिल्लो वर्ष पानी काठमाडौं आइपुगेको थियो । तर गएको असार एक र साउन १७ गतेको बाढीरपहिरोले मेलम्चीमा क्षति गरेको थियो । काठमाडौँ उपत्यकामा अहिले दैनिक ४३ करोड लिटर पानीको माग छ

केही दिनमै दैनिक एक लाख ६० हजार धारामा मेलम्चीको १७ करोड लिटर पानी वितरण हुनेछ । गत वर्ष परीक्षा भइसकेका मेलमचीको धारासहित अन्य परीक्षण सकिएका धारामा मेलम्चीको पानी आउनेछ भने नयाँ धाराको निर्माण भइनसकेको र परीक्षण नभएको घरमा पुरानै धारामा पानी आउनेछ । २९ चैत २०७७ बाट मेलम्चीको सुरुङमा पानी हालेर सुरुङ भर्न थालिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma