काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टीका मधेस प्रदेश सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल कुमारी झाको निधन भएको छ । उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिइन् । डिम्पल झा लोसपा नेता तथा प्रतिनिधि सभा सदस्य अनिलकुमार झा कि पत्नी समेत हुन् । रौतहटको दुर्गा भगवती गाउँपालिका-३ घर भएकी उनको रौतहटमै अन्त्येष्टि गरिने परिवारजनले बताएका छन् ।
प्रतिक्रिया