नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि पार्टीका तर्फबाट सङ्कल्प पत्र सार्वजनिक गरेको छ । आज सार्वजनिक काँग्रेसको सङ्कल्प पत्रमा काँग्रेसले विगतको नेकपाको सरकारलाई अधिनायकवाद र सर्वसत्तावादको सुत्रपातका रुपमा व्याख्या गरेको छ ।नेकपाको सरकार गठन भएको घडीदेखि नै संविधान, लोकतान्त्रिक प्रणाली, जनताका नैसर्गिक अधिकार, संवैधानिक संस्था र राज्यको चौथो अङ्ग सञ्चार जगतमाथि नियोजित रुपमा संगीन आक्रमण गर्दै आफूले पाएको सुनौलो अवसरको अधिकांश समय र ऊर्जा अधिनायकवादी तथा सर्वसत्तावादी शासन स्थापना गर्न मै खर्च गरिएको थियो काँग्रेसले सार्वजनिक गरेको सङ्कल्प पत्रमा भनिएको छ ।
काँग्रेसले नेकपा सरकारमाथि गरेका टिप्पणी यस्ता छन्
अभिव्यक्ति तथा स्वतन्त्रतामाथि आक्रमण
संघीयताविरोधी एकात्मक र नियन्त्रणकारी सरकार
संवैधानिक निकायको कम्युनिष्टकरण
विभेदकारी नागरिकता पक्षधर सरकार
नेकपाको सरकार ,कुशासन र भ्रष्टाचार
साँस्कृतिक अधिकार हनन गरी गुठीको जमीन भूमाफियाकरण
कम्युनिस्ट सरकारको शासन , महामारीमा समेत कमिशन र भ्रष्टाचार
चोरलाई चौतारो, साधुलाई सुली
प्रतिनिधिसभा विघटन ,लोकतान्त्रिक गणतन्त्र र संविधान असफल बनाउने षड्यन्त्र
अलोकतान्त्रिक र असंवैधानिकरुपमा प्रतिनिधिसभा विघटन
अलोकतान्त्रिक र असंवैधानिक रुपमा प्रतिनिधिसभा दोस्रोपटक विघटन
राष्ट्रवाद, स्थिर सरकार, विकास र समृद्धि जस्ता लोकप्रियतावादी नाराको आधारमा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को वाम गठबन्धनले २०७४ का तीनै तहका निर्वाचनमा प्रचण्ड वहुमत हासिल गरी नेपालको इतिहासमा नै सबैभन्दा बढी सुविधाजनक र अनुकूल अवसर पाएको थियो ।
प्रतिक्रिया