काठमाडौं। सत्तारूढ गठबन्धनले भागबन्डा गरेर चितवनको भरतपुर महानगरको मेयर माओवादी केन्द्रलाई दिएपछि कांग्रेसको तर्फबाट पूर्व सांसद जगन्नाथ पौडेलले स्वतन्त्र उमेदवारी दिने तयारी गरेका छन्।
उनलाई उम्मेदवार बन्न महासमिति सदस्य मीना खरेलले प्रस्ताव र पूर्वसांसद भीमबहादुर श्रेष्ठले समर्थन गरेका छन्। असन्तुष्ट पक्षका नेता कार्यकर्ताको पार्टी कार्यालय कमलनगर नारायणगढमा आज भएको भेलाले पौडेललाई कांग्रेसको तर्फबाट स्वतन्त्र उमेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो।
उनी राष्ट्रिय सभाका पूर्वसांसद पनि हुन्। पौडेलले आफुले पार्टीका तर्फबाट भोलि मनोनयन दर्ता गर्ने तयारी गरेको मुलुक प्रेसलाई बताए। अहिलेसम्म मेयरमा ९ जना र उपमेयरमा २ जनाको उम्मेदवारी दर्ता भएको छ।
प्रतिक्रिया