Developed By Kuldeep Sharma

April 24, 2022

एमालेले तोक्यो बाँकेको ८ पालिकामा उम्मेदवार

काठमाडौं।
नेकपा एमालेले बाँकेमा भने आठैं पालिकाको उम्मेदवार टुंगो लगाएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा पशुपतिदयाल मिश्र र उपमेयरमा शान्ति ढकाल चयन भएका छन् ।

कोहलपुर नगरपालिकामा मेयर खिलप्रसाद भुसाल र उपमेयरमा अस्मिता थारुलाई अगाडि सारिएको छ ।

नरैनापुर गाउँपालिकामा अध्यक्ष पदमावती यादव र उपाध्यक्षमा रामकुमार दिक्षित, डुडुवामा सरोजकुमारी यादव र सकिल खाँ, बैजनाथ गाउँपालिकामा घननाथ खनाल र प्रेमपूर्ण योगी,

जानकी गाउँपालिकामा हेमन्सु यादव र भूमिसरा धिताल, खजुरा गाउँपालिकामा सुमन मल्ल र नजिरा बेगम, राप्तीसोनारी गाउँपालिकामा रामदास थारु र चमेली बागबल रहेका छन् ।

एमाले, बाँकेका जिल्ला सचिव रत्न खत्रीले पालिकाहरुको टुंगो लागिसकेको र वडाहरुको आइतबार दिउँसोसम्ममा टुंगिने जानकारी समेत दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma