Developed By Kuldeep Sharma

April 24, 2022

विदेशी फिल्मलाई कर बढाउने सरकारको संकेत

 

 

काठमाडौं।बोर्डले डब फिल्मको रिलिज रोक्न मन्त्रालयलाई आग्रह गरिसकेको छ । तर प्रवक्ता सिंहले भने डब फिल्मलाई रोक्नेबारे तत्काल कुनै निर्णय नहुने बताएका छन। आज आइतबार बोर्ड अध्यक्ष दयाराम दाहाल मन्त्रालयका अधिकारीहरुसँग यिनै विषयमा छलफल गर्न व्यस्त थिए

सरकारले विदेशी फिल्मलाई कडाइ गर्ने संकेत दिएको छ । तालुक निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी बजेटमार्फत विदेशी फिल्मको प्रदर्शनमा केही कडाइ गर्ने तयारी गरेको हो ।

विदेशी फिल्मलाई कर वृद्धि र स्वदेशी फिल्मलाई कर छुटमार्फत सम्बोधन गर्न सरकारले तयारी गरिरहेको जनाएको हो ।‘विदेशीलाई कर बढाएर हुन्छ वा नेपालीलाई घटाएर हुन्छ । यसबारे हामी काम गरिरहेका छौं,’ प्रवक्ता सिंहले भने ।

पछिल्लो समय नेपाली फिल्म बजारमा दक्षिण भारतीय फिल्मको दबाब बढेको र प्रदर्शक तथा वितरकको पेलानमा परेको भन्दै गुनासो आएपछि मन्त्रालयले सक्रियता देखाएको हो । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma