Developed By Kuldeep Sharma

June 23, 2022

जनकपुरमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन शुरु

काठमाडौं। वैज्ञानिक चेतना र व्यवहारलाई आम जनताका दैनिक जीवनसंग जोड्ने उद्देश्य सहित आज देखि मधेश प्रदेशको राजधानि जनकपुरधाममा दुई दिने युवा वैज्ञानिक सम्मेलन शुरु भएको छ।

राष्ट्रिय युवा परिषदले प्रत्येक बर्ष राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन गर्दै आएको छ। गत सालको युवा वैज्ञानिक सम्मेलन प्रदेश १ मा सम्पन्न भएको थियो। जनकपुरधाममा मुझेलियास्थित होटल राजदरबारमा असार ९ र १० गते अर्थात् आज र भोलि चल्ने सम्मेलनको उद्घाटन मदेश प्रदेशका मुख्यमन्त्री लालबावु राउतले गरेका छन्। मुख्यमन्त्रीले उद्घाटनको क्रममा गरिबी र अशिक्षाले व्याप्त रहेको मधेश प्रदेशमा यो सम्मेलनले विशेष महत्व राख्ने बताएका छन्। देशले डाक्टर, इन्जिनियर र विज्ञान पढ्नेहरुको खास ज्ञान र महत्वलाई बुझ्नु पर्ने बताएका छन्।

सम्मेलनमा सातवटै प्रदेशबाट करिब १५० जना युवा वैज्ञानिकहरु सहभागी भएका छन्। राष्ट्रिय युवा संघका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले नयाँ वैज्ञानिक आविष्कार, अनुशन्धान र नवप्रर्वतनको क्षेत्रमा युवाहरुलाई प्रोत्साहान गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरेको जानकारी दिए।

सम्मेलनमा विभिन्न विश्वविधालय,क्याम्पस, कलेज तथा विधालयका अनुशन्धानको क्षेत्रमा क्रियाशिल युवा वैज्ञानिकहरुको सहभागिता छ। सम्मेलनमा कृषि, औषधी,विज्ञान,प्रविधि, नवप्रर्वतन सम्बन्धी प्रस्तुति रहनेछन्। सम्मेलनमा पूर्व विज्ञान प्रविधि तथा वातावरण मन्त्री गणेश शाहको पनि प्रस्तुति रहने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma