काठमाडौं। नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले चुनावी गठबन्धन सन्तोषजनक र सम्मानजनक नभएको बताएकी छन्।
सहरी विकास मन्त्रीसमेत रहेकी झाँक्रीले केही जिल्लाहरूमा एकीकृत समाजवादीविनै चुनावी तालमेल भइरहेको तर्फ संकेत गर्दै गठबन्धन सम्मानजनक नभएको बताएकी हुन्।
सामाजिक सञ्जाल फेशबुकमार्फत उनले गठबन्धनभित्र रहेका दलहरूका बीचमा पनि हार्दिकतापूर्ण वातावरण नबनेको बताइन। वार्ता र संवादमा दम्भ देखिएको उनको भनाइ छ।
गठबन्धनभित्रकै केही नेताका अभिव्यक्ति सुन्दा यसको एकदिन हिसाव मिलान गर्नुपर्ने देखिएको उनले बताएकी छन्।
उनले लेखेकी छन्, ‘गठबन्धन सन्तोषजनक र सम्मानजन भएन। गठबन्घनका दलहरूको विचमा हामीले आफै भित्र पनि हार्दिकतापूर्ण वातावरण बनाउन सकेनौ। हाम्रा वार्ता सम्वादमा केही दम्भ देखियो। यो विचमा गठबंधनका केही नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ एक दिन यसको हिसाव मिलान गर्नुपर्ने छ। बस!’
प्रतिक्रिया