Developed By Kuldeep Sharma

April 25, 2022

माओवादी केन्द्रले प्रतिवद्धतापत्र नबनाउने, अपिल अनुसार बनाउन स्थानीय तहलाई अधिकार

काठमाडौं । स्थानीय तह निर्वाचनकालागि माओवादी केन्द्रले केन्द्रबाट घोषणा पत्र वा प्रतिवद्धता पत्र नबनाउने बताएको छ। गत चैत २२ गते माओवादी केन्द्रले सार्वजनिक गरेको अपिल अनुसार स्थानीय तहले आ–आफ्नो घोषणा पत्र बनाउने भएका छन्।

स्थानीयस्तरबाटै घोषणा पत्र बनाउनका लागि स्थानीय कमिटीलाई अधिकार दिइएको माओवादी केन्द्रले बताएको छ। केन्द्रले दिएको अधिकार अनुसार स्थानीय तहले अपिललाई मार्गदर्शन मानेर घोषणा पत्र बनाउने तयारी गरेको माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले बताए।

एक टोल एक उद्यम–एक टोल एक उत्पादन, बेरोजगारी अन्त्य, गरिबी निवारण जास्ता कार्यक्रम लागू गर्ने माओवादीले जारी गरेको अपिलमा उल्लेख छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma