Developed By Kuldeep Sharma

April 25, 2022

कांग्रेसका चिरीबाबुले दिए ललितपुरमा गठबन्धनबाट उम्मेदवारी

ललितपुर । सत्ता गठबन्धनका तर्फबाट ललितपुर महानगरपालिकाको मेयर पदका लागि कांग्रेसका चिरिबाबु महर्जनले उम्मेदवारी दर्ता गरेका छन्। जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार दिउँसो उनले उम्मेदवारी दर्ता गरेका हुन्।

गठबन्धनमा कांग्रेसले ललितपुर महानगरमा प्रमुख पाएको थियो। महर्जन २०७४ सालको स्थानीय तह निर्वाचनमा ललितपुर महानगरमा मेयरमा निर्वाचित भएका थिए। उम्मेदवारी दर्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले महानगरपालिकामा गर्नुपर्ने कामहरू अझै बाँकी रहेकाले आफूलाई निर्वाचित गराउन आग्रह गरे। ललितपुर महानगरमा गठबन्धनबाट उपमेयरमा नेकपा माओवादी केन्द्रले उम्मेदवारी दिने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma