Developed By Kuldeep Sharma

June 30, 2022

यी २ एजेण्डामा छलफल गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। असार २७ गते दिउँसो १ बजेका लागि कांग्रेसले बैठक बोलाएको हो।

केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ। कांग्रेसले उक्त बैठकका लागि दुई एजेण्डा तय गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए। स्थानीय तह निर्वाचन—२०७९ को समीक्षा र विविध गरी दुई एजेण्डा तय गरिएको पौडेलले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma