काठमाडौं।दार्चुलाको शैल्यशिखर नगरपालिका–२ मा आज दिउसो बसको ठक्करले एक जना बालकको ज्यान गएपछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन्।
त्यहाँको अवस्था तनावपूर्ण भएपछि इलाका प्रहरी कार्यालय गोकुलेश्वरका निरीक्षक सुरज सिंहको कमाण्डमा सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ध्रुब बिष्टका अनुसार ना ५ ख १८०८ नम्बरको बसले शैल्यशिखरको भित्री सडकमा पर्ने रतौडाका महेश कपाडीका ६ वर्षीय छोरा अमृतलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । त्यसपछि स्थानीयले गाडीमा आगजनी गरेका हुन् ।
स्थानीयबासीका अनुसार एमालेका कार्यकर्ताहरुलाई गोकुलेश्वरस्थित निर्वाचन कार्यालयमा पु(याएर फर्किरहेको बसले बालकलाई ठक्कर दिएको थियो ।
प्रतिक्रिया