Developed By Kuldeep Sharma

March 4, 2022

राष्ट्रियसभाका २० सांसदको पदावधि सकियो

काठमाडौँ । आज(शुक्रबार)बाट राष्ट्रियसभाका २० सांसदको पदावधि सकिने भएको छ । २०७४ सालमा निर्वाचित भएर गोलाप्रथावाट चारवर्षको कार्यकालमा परेका सांसदहरुको पदावधि सकिएको हो ।

आजबाट बिदा हुने सांसदमा एमालेका कोमल वली, अगमप्रसाद वान्तवा राई, कविता बोगटी, नैनकला ओझा रामलखन चमार चक्रप्रसाद स्नेही, सुमनराज प्याकुरेल र परशुराम मेघी गुरुङ रहेका छन् ।

त्यस्तै, कांग्रेसका दृगनारायण पाण्डे, राधेश्याम अधिकारी र तारादेवी भट्ट, रहेका छन् भने नेकपा माओवादी केन्द्रका जीवन बुढा, खिमकुमार विक, शशीकला दाहाल र दीनानाथ शर्मा राष्ट्रियसभाबाट बिदा हुनेछन् ।

नेकपा एकीकृत समाजवादीका ठगेन्द्रप्रकाश पुरी, उदया शर्मा पौडेल, शेरबहादुर कुँवर, शान्तिकुमारी अधिकारी जिसी र मनोनित सांसद रामनारायण विडारीको पनि आजबाट पदवधि सकिदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma