जिल्ला मालपोत कार्यालय ताप्लेजुङका अधिकृत लेखा पनेरु घूस रकमसहित पक्राउ परेकी छन् । काठमाण्डौंबाट गएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले पक्राउ गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
भण्डारीका अनुसार उनलाई सेवाग्राहीबाट लिएको १ लाख ५० हजार रकमसहित पक्राउ गरेको हो । बाबुको नामको जग्गा दाखेल खारेज गरी नयाँ लगत दर्तासहित छोराका नाममा पास गरिदिए बापत रकम लेनदेन गरेको आरोप पनेरुमाथि छ ।सदरमुकाम फुङलिङको कोप्चे लाइनको एक घरबाट उनलाई अख्तियारले पक्राउ गरेको हो ।
उनी यसै वर्ष प्रवल जनसेवा श्री चतुर्थबाट पुरस्कृत भएकी थिइन् ।
प्रतिक्रिया