अछाम। अछामको रामारोशन गाउँपालिका वडा न. ४ को वडाध्यक्षका लागि नेपाली कांग्रेसबाट नन्दराज उपाध्यले उम्मेदवारी दर्ता गराएका छन्। यसअघि वडा सदस्य रहेका उनलाई कांग्रेसले वडाध्यक्षको उम्मेदवार बनाएको हो।
उनले सोमबार निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्। यस्तै वडा सदस्यमा कांग्रेसबाट मिना खत्री विष्टको उम्मेदवारी दर्ता भएको छ। कांग्रेसको १४ औं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि बनेकी उनी कांग्रेसको राजनीतिमा सक्रिय छिन्।
त्यसअघि उनी नेकपा एमालेको भ्रातृसंगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनमा आबद्ध थिइन। तर उनी एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेपछि कांग्रेसमा प्रवेश गरेको बताउदै आएकी छन्।
प्रतिक्रिया