काठमाडौं। नेपाली कांग्रेस कपिलवस्तुका पूर्व प्रवक्ता विरेन्द्र प्रसाद मिश्रले नेपाली कांग्रेस परित्याग गरेको घोषणा गरेका छन्। ३२ वर्ष सम्म नेपाली कांग्रेसमा रहेर राजनीतिक योगदान पुर्याएका उनले नेपाली कांग्रेसबाट रानीनामा दिएको बाताएका हुन्।
नेपाली कांग्रेसले जिल्लामा सबैलाई मिलाएर राख्न नसकेका कारण यस्तो निर्णय लिएको उनले बताए। उनले भने, “पार्टीका समान ब्यवहार र मुल्यांकन भएन, व्यक्तीवादी हाबी भयो । कार्यकर्ताको मर्म विपरित हरेक पटक एकै व्यक्तीलाई मात्र अवसर दिइयो । स्वच्छ राजनीति हुन सकेन।” उनले अहिले कुनै पनि पार्टीमा जाने विचार नभएको बताउँदै भने, “आगामी दिन पक्कै पनि राजनीतिक यात्रा निष्क्रिय नहोला तर अहिलेको यो कदम कांग्रेस भित्रको रहनसहनविरुद्ध मात्र हो। राजनीति बुझे देखि कांग्रेसको सिद्धान्तमा लागेको म यसको विकल्पमा अहिले अन्य कुनै दल सोच्न सक्दिन। मेरो भन्नु के हो भने, पार्टीले सबैलाई मिलाएर जानुपर्छ । कसैलाई सधै अन्याय गरिरहने र कसैलाई बारम्बार अवसर दिइरहनु पक्कैपनि राम्रो होईन। मैले यसैको विरुद्धका लागि आफ्नो रानीनामा बुझाईसकेको छु।”
मिश्रले रानीनामा पत्र बुझाएसंगै आफ्नो सामाजिकसञ्जाल फेसबुक मार्फतपनि पार्टी त्यागेको जानकारी दिएका छन् । “आज देखि जिवनको ३२ बर्ष सम्म बसेको राजनीतिक घर परिवार साथि भाइ सहकर्मी मित्र हरु माझ रहि मैले र तमाम साथि हरुले गरेको योगदानको उचित मूल्यांकन नहुदा पनि साथिहरुको माया ममता पार्टीको निष्ठाले अलग रहन नसकि मानसिक पीडा संग संघर्ष गरिरहे, कुनै दिन चाहाना पुरा हुन्छ भन्ने उदेक लाग्दो आशा कुरिरहदा समेत अन्याय अपमान मात्र भोग्नु पर्यो।” उनले आफ्नो फेसबुक स्ट्याटसमा उल्लेख गरेका छन्।
मिश्रले पार्टीबाट रानीनामा दिएसंगै कपिलवस्तुबाट २ सय भन्दा बढीले पार्टी छोडेको घोषण गरेका छन्। मिश्र गत स्थानीय तह निर्वाचनमा कपिलवस्तु बुद्धभुमी नगरपालिकाको मेयरपदका दावेदार थिए ।
प्रतिक्रिया