Developed By Kuldeep Sharma

April 28, 2022

गठबन्धनका शीर्ष नेताकै जिल्लामा भएन तालमेल, कसलाई गर्ने कारबाही ?

काठमाडौँ- आसन्‍न स्थानीय तहको निर्वाचनका लागि सत्तारुढ गठबन्धनले पाँच दलबाहिर तालमेल नगर्ने भएका छन्। यदि तालमेल भएमा सम्बन्धित दलले खारेज गर्ने सहमति भएको छ। नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी र जनमोर्चाबीच अहिले गठबन्धन बनेको छ। जुन गठबन्धनबाहिर तालमेल नगर्ने दलहरूले सहमति गरेका हुन्। तर ठूला नेताकै क्षेत्रमा गठबन्धनबाहिर तालमेल भएको पाइएको छ। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँमा नै कांग्रेसको असन्तुष्ट समूह र एमालेबीच तालमेल भएको छ।

कांग्रेसका कारबाहीमा परेका गोविन्दराज जोशी समूह र एमालेबीच सोही क्षेत्रमा तालमेल भएको हो। एमाले अध्यक्ष केपी ओलीको गृहजिल्ला झापाको कचनकवल गाउँपालिकामा कांग्रेस र एमालेबीच तालमेल भएको छ। यस्तै, प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्लामा कांग्रेसको असन्तुष्ट समूह र एमालेबीच तालमेल भएको छ।
यी हुन् गठबन्धनबाहिर तालमेल भएका क्षेत्र
कांग्रेस र एमालेबीच तालमेल
–रोल्पाको सुनछहरी र माडी गाउँपालिका
–सल्यानको कुमाख गाउँपालिका
–भोजपुरको आमचोक र साल्पासिलिछो गाउँपालिका, षडनन्द गाउँपालिका
–झापाको कचनकवल गाउँपालिका
–तनहुँमा
–डडेलधुरामा चार पालिकामा

माओवादी र एमालेबीच
–प्युठानको झिमरुक गाउँपालिकामा राष्ट्रिय मोर्चाविरुद्ध एमालेसँग
नेकपा एस र एमालेबीच
–हुम्लाको चंखेली गाउँपालिका
कांग्रेस र राप्रपाबीच तालमेल
–झापाको दमक नगरपालिकामा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma