Developed By Kuldeep Sharma

August 1, 2022

महँगीविरुद्ध आज सडक प्रदर्शन गर्दै एमाले

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता–कार्यकर्ताहरूले आज महँगीविरुद्ध काठमाडौंमा प्रदर्शन गर्दै छन्।

महँगीका कारण नागरिकको जीवन कष्टकर बनेको र सरकारले त्यसलाई नियन्त्रण गर्न कुनै कदम नचालेको भन्दै प्रदर्शन गर्न लागिएको हो । ‘विशाल जनप्रदर्शन’ गर्न लागिएको पार्टीले जनाएको छ ।

दिउँसो २ बजे काठमाडौंको वसन्तपुरमा प्रदर्शन गरिने तय छ। विभिन्न स्थानबाट जुलुस निकाली वसन्तपुर पुग्नेछ। जुलुसमा उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभागहरू, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू, सम्पर्क मञ्चहरूलगायत सहभागी हुने एमालेले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma