Developed By Kuldeep Sharma

April 28, 2022

गगन थापा र शेरबहादुर तामाङबीच चल्यो दोहोरी

काठमाडाैं। एक दुई दिनयता सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताबीच घोचपेच चलिरहेको छ। खासगरी एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको चुनावी घोषणापत्रलाई ‘पागलहरुको प्रलाप’को संज्ञा दिएपछि दुई पार्टीका नेताबीच भनाभन भइरहेको हो।

यसै क्रममा बुधबार कांग्रेसका महामन्त्री गगन थापाले ओलीलाई बालकोट गएर ‘ट्युसन पढाउँछु’ भनेपछि एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका छन्।

‘एक जना बबुरो बर्बराउँछ र भन्छ– केपी ओलीलाई बालकोट गएर ट्युसन पढाउँछु। साँच्चै ट्युसन पढाउन आयो भने ज्याला (ट्युसन फी) त दिनु नै पर्ला’, तामाङले लेखेका छन्, ‘ज्यालाचाहिँ के दिने होला ? लौ न बताइदिनुहोला, कमसेकम हामीलाई सजिलो हुनेछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma