Developed By Kuldeep Sharma

April 28, 2022

भरतपुरको मेयरमा बागी उम्मेदवारी दिएका पौडेलले भने– ‘उम्मेदवारी फिर्ता हुँदैन’

काठमाडौं। भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता नलिने बताएका छन्। महानगरको मेयर माओवादी केन्द्रको भागमा परेपछि असुन्ष्ट रहेको कांग्रेस समूहका नेता पौडेलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्।

आज गृहमन्त्री बालकृष्ण खाण पौडेललाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै उनकै निवास पुगेका थिए। गृहमन्त्री खाण र राज्यमन्त्री उमेश श्रेष्ठसँगको छलफलमा पौडेलले यो निर्णय आफू एक्लैको नरहेको भन्दै उम्मेदवारी फिर्ता लिन नसक्ने बताएका हुन् ।

छलफलमा खाणले गठबन्धन जोगाउनका लागि उम्मेदवारी फिर्ता लिन आग्रह गरेपनि पार्टीका शीर्ष नेताहरुको छलफलबाट उम्मेदवारी फिर्ता लिन नमिल्ले दबाबका साथ आफूले उम्मेदवारी दिएको भन्दै पौडेल एक्लैले उम्मेदवारी फिर्ताको विषयमा निर्णय गर्न नसकिने बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma