काठमाडौँ। नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्ध आजबाट ७५ वर्ष पूरा भएको छ। सन् १९४७ अप्रिलमा अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्ध भएको थियो।
सम्बन्धस्थापना पश्चात् अमेरिकाले नेपाललाई आर्थिक र कूटनीतिक सहयोग गर्दै आएको छ। यस अवसरमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नेपालले आफ्नो शासन व्यवस्था, आर्थिक विकास र अन्तर्राष्ट्रिय संलग्नतामा अतुलनीय परिवर्तन देखेको बताएका छन्।
नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ वर्ष पूरा भएको अवसरमा ट्वीट गर्दै विदेशमन्त्री ब्लिन्केनले भनेका छन्, ‘हामी साझेदारको रूपमा हाम्रा उपलब्धिहरूमा गर्व गर्छौं, र मित्रताको धेरै दशकहरूको लागि तत्पर छौँ।’
उनले नेपालसँग धेरै दशक लामो मित्रताका लागि अमेरिका तयार रहेका बताएका छन्। दोस्रो विश्वयुद्धको समाप्तिसँगै अमेरिका नेपाल सम्बन्ध स्थापना भएको थियो। अमेरिकाले नेपाललाई अनुदान र ऋण सहयोग गर्दै आएको छ। अमेरिका नेपालको बेलायतपछिको दोस्रो कूटनीतिक सम्बन्ध भएको देश हो।
प्रतिक्रिया