Developed By Kuldeep Sharma

September 3, 2022

कपिलवस्तु २ बाट संघीय सांसदमा दीपकुमारका छोराको दाबी

काठमाडौं। नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवम् युवा नेता आशिष शर्माले कपिलवस्तु क्षेत्र नम्बर २ बाट संघीय सांसदका लागि दाबी पेश गरेका छन्।

उनि भारतका लागि पूर्व राजदूत एवम् पूर्व मन्त्री दीप कुमार उपाध्यायका छोरा पनि हुन्।

शर्माले पार्टीलाई सुझावसहित आफ्नो उम्मेद्वार पेश गरेका छन्। उनले युवा देशको अनमोल शक्ति भएको र राष्ट्रको भविष्यको सबैभन्दा ठूलो पुँजी भएकोले पनि युवा वर्गको विशिष्ट शक्तिलाई राष्ट्र निर्माणको सन्दर्भमा समेट्नु आजको आवश्यकता महशुस गरी आफूले उम्मेद्वारी दाबी गरेको बताए।

युवाहरू नै राष्ट्रको परिवर्तनगामी शक्ति भएको त्याग, निष्ठा, बलिदान र नवनिर्माणको सुन्दर भावनाद्वारा प्रतिबद्ध युवाहरू राष्ट्रको अमुल्य निधि एवम् उदयीमान शक्ति भएकाले आफूले कपिलवस्तुमा युवा वर्गको प्रतिनिधित्व गर्दै संघीय सांसदमा चाहना राखेको उनले बताए।

शर्माले निर्वाचनमा आफनो पार्टी एवम् गठबन्धनका उम्मेदवारको जित सुनिश्चित गर्न पार्टीको ध्यान पुग्न नसकेको बताए।

शर्माको पत्रमा सम्बन्धीत नेतृत्वले स्थानीय तहको विगतको निर्वाचनमा केन्द्रीय नीति निर्देशन अनुरुप सत्ता साझेदार दलहरूसँग समन्व्य र गठबन्धन गर्न गराउन नसक्दा पार्टीलाई क्षति पुगेको र त्यस निर्वाचन लगत्तै भएको जिल्ला समन्वय समितिको अनुकूल स्थितिको प्रतिकुल परिणाम पछि पनि सम्पूर्ण परिणामको वारेमा समिक्षा र छफल समेत हुन नसकेको बताएक छन्।

स्थानीय तहको निर्वाचनका बेला यस निर्वाचन क्षेत्र अन्तर्गत पर्ने वार्ड, गाउँपालिका र नगरपालिकाको टिकट वितरणमा सम्बन्धित वा असम्बन्धित नेतृत्वले समझदारी र सहमतिको प्रयास हुन नदिएको वा नभएको वा प्रयास नै नगरेको उल्लेख गरेका छन्।

शर्माले राजनीतिमा युवाहरू अहिले हस्तक्षेपकारी भूमिकामा आउँदै गरेको संकेत गत स्थानीय तहको निर्वाचनबाट भई सकेको उनले पत्रमा उल्लेख गरेका छन्।

एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी बाट एमबीए गरेका शर्मासँग वित्तीय सेवासहित विभिन्न क्षेत्रहरूमा व्यवसाय इकाई प्रमुखको रूपमा डेढ दशक लामो कार्य गरेको अनुभव छ।

यस्तै चौधरी समूहको वित्तीय शीर्षकमा वरिष्ठ महाप्रबन्धकको रूपमा कार्य गरेको पनि अनुभव शर्मासँग रहेको छ। शर्माले कार्यकारी सदस्यको रुपमा उद्योग समिति, नेपाल चेम्बर अफ कमर्श र महासंघमा काम गरेका छन्।

नबिल बैंक लिमिटेडसहित विभिन्न वाणिज्य बैंक निर्देशक भएर काम गरेको अनुभव पनि उनीसँग छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma