बुद्ध भूमि नगरपालिका ४ को वडाध्यक्षमा गिरीको उम्मेदवारी
April 13, 2022
96 Shares
काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सरगर्मी बढेको छ । अहिले दलहरू उम्मेदवारहरूको खोजीमा छन् ।
युवा नेता तथा व्यवसायी तथा नेपाली काँग्रेसका नेता कृष्ण गिरि चुनावी मैदानमा उत्रिएका छन् ।
स्थानीय निर्वाचनमा उनी बुद्ध भूमि नगरपालिका वडा नम्बर ४ को वडा अध्यक्षका आकाङ्क्षी हुन् । अबको आवश्यकता युवाको भएको र युवामा नयाँ सोच जागर र क्षमता हुने हुँदा आफूले वडा अध्यक्षमा आकाङ्क्षा देखाएको बताए । नेपाली काँग्रेस बुद्द्भुमी नगर सचिव समेत रहेका गिरि युवा व्यवसायी समेत हुन् ।
साथै शिक्षा स्वास्थ्य र पर्यटनको विकास गर्नका लागी आफ्नो उम्मेदवारी रहेको गिरीको भनाई छ । वडाध्यक्ष जिते सरकारबाट पाउने सेवा सुविधा समेत जनतामा समर्पित उनको प्रतिबद्धता छ ।
प्रतिक्रिया