Developed By Kuldeep Sharma

September 30, 2022

पर्टी भित्र विद्रोह आवस्यक छ : महामन्त्री थापा

काठमाडौं। नेपाली कांगे्रसका महामन्त्री गगन थापाले पर्टीभित्र विद्रोहको समय आएको बताएका छन्।

अहिले सबैजना चुनावी एजेन्डालाई भन्दा पनि भागबण्डामा मात्र केन्द्रित रहेको र चुनावमा उठ्ने लड्ने र जित्ने मात्र उद्देश्यका साथ आउने गरेको उनको आरोप छ।

सत्ता बनाउनका लागि मात्र चुनावमा लड्ने परिपाटीलाई सुधार गर्दै पार्टीभित्र ठूलो शुद्धीकरणको अभियान चलाउन आवस्यक रहेको उनले बताए।

शुक्रवार काठमाडौं क्षेत्र न. ४ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले पार्टीभित्र विद्रोह गर्ने र सुधार गर्नुपर्ने बताएका हुन्।

अहिले चुनावी तयारीमा लाग्नुपर्ने बेला भएपनी डेंगु संक्रमण रोकथामको विषयलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए।

पार्टीमा आउने कसैलाई पनि निराश नबनाउने उनले वाचा गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma