काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबिच भेटवार्ता भएको छ।
भेटवार्तामा सङ्घीय संसद्को बजेट अधिवेशन आह्वानका सम्बन्धमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा सरकारको नीति तथा कार्यक्रम र आगामी जेठ १५ गते आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्था अनुसार बजेट अधिवेशन आह्वानका सम्बन्धमा छलफल भएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
प्रतिक्रिया