काठमाडौं – वैशाख ३० गतेका लागि तय गरिएको स्थानीय तह निर्वाचन आउन दुइ दिन बाँकी छ । देशैभर चुनावी सरगर्मी बढेको छ । उमेदवारहरू मतदाताहरूका घर–घरमा प्रतिवद्धतासहित मत माग्न पुगिरहेका छन् । केन्द्रबाट र स्थानीयस्तरमा भएका फरक फरका खालका तालमेलले जिल्ला जिल्लामा दलहरूबीचको प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ ।
प्रतिस्पर्धा रोचक बन्ने देखिएको एउटा जिल्ला झापा पनि हो । पार्टी र गठबन्धनका निर्णय कार्यान्वयन हुन नसकेकाले झापामा प्रतिस्पर्धा रोचक बन्ने देखिएको हो ।
१५ स्थानीय तह रहेको झापा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनको गृह जिल्ला हो । त्यसैले पनि झापाले देशको ध्यान तानिरहेको छ ।
काठमाडौं । वैशाख ३० गतेका लागि तय गरिएको स्थानीय तह निर्वाचन आउन ११ दिन बाँकी छ । देशैभर चुनावी सरगर्मी बढेको छ । उमेदवारहरू मतदाताहरूका घर–घरमा प्रतिवद्धतासहित मत माग्न पुगिरहेका छन् । केन्द्रबाट र स्थानीयस्तरमा भएका फरक फरका खालका तालमेलले जिल्ला जिल्लामा दलहरूबीचको प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ ।
प्रतिस्पर्धा रोचक बन्ने देखिएको एउटा जिल्ला झापा पनि हो । पार्टी र गठबन्धनका निर्णय कार्यान्वयन हुन नसकेकाले झापामा प्रतिस्पर्धा रोचक बन्ने देखिएको हो ।
१५ स्थानीय तह रहेको झापा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनको गृह जिल्ला हो । त्यसैले पनि झापाले देशको ध्यान तानिरहेको छ ।
२०७४ को स्थानीय निर्वाचनमा झापामा एमाले सबैभन्दा बलियो बनेका थियो । ०७४ मा १५ मध्ये सात स्थानीय तहको नेतृत्व हात पारेको एमालेले थप पाँच स्थानीय तहमा उपप्रमुख जितेको थियो । कांग्रेसले पाँच स्थानीय तहमा प्रमुख जितेको थियो भने थप एक स्थानीय तहमा उपप्रमुख जितेको थियो । देशभर कमजोर देखिएको राप्रपाले पनि झापामा तीन स्थानीय तहमा प्रमुख जितेको थियो ।
तर, अहिले गठबन्धनका कारण एमाले अप्ठेरोमा छ । सत्ता गठबन्धनसँग भिड्न एमालेले स–साना समूहदेखि सानासाना दलसँग गठबन्धन नगरेको होइन । तर, विगतकै मतको हिसाब गर्दा धेरै कम देखिएकाले पनि एमाले आक्रामक चुनावी प्रचारमा छ ।
दमक नगरपालिका ओलीको गृहनगर हो । यो नगरमा ओलीको पार्टी एमाले नै सबैभन्दा बलियो छ । ०७४ को स्थानीय चुनावमा एमालेले नगर प्रमुख र उपप्रमुख दुवै जितेको थियो । नगर प्रमुखमा एमालेका रोमनाथ ओली १०,८०६ मतका साथ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका रामकुमार थापा थिए । उनले ७,६५५ मत पाएका थिए ।
दमकमा तेस्रो भएको माओवादी केन्द्रका रेवतराज पुरीले ६,८९८ मत पाएका थिए । कांग्रेसका उमेदवार ढुण्डीराज भण्डारी ५,५३९ मत ल्याएर चौथो भएका थिए ।
अहिले सत्ता साझेदार पाँच दलबीच देशैभर चुनावी तालमेल गर्ने सहमति भएको छ । सत्ता गठबन्धनले गठबन्धन बाहिरका दलसँग तालमेल नगर्न पनि भनेको छ । तर, दमकमा भने एमालेविरुद्ध कांग्रेस, माओवादी केन्द्र, राप्रपाबीच तालमेल भएको छ ।
दमकमा राप्रपाले नगर प्रमुख पद पाएको छ । उपप्रमुख कांग्रेसले लिएको छ । जम्मा १० वडा रहेको नगरमा ४ वडा कांग्रेसले, ४ वडा माओवादी र २ वडा राप्रपाले लिएको छ ।
०७४ सालको निर्वाचनमा नगरमा ४६ हजार ५२३ मतदाता रहेकोमा ३४ हजार २० मत मात्र खसेको थियो । निर्वाचन आयोगको तथ्यांक केलाउँदा ०७४ मा नगरप्रमुखमा दलहरूले पाएको मत हेर्दा गठबन्धनमा आवद्ध दलहरू राप्रपा, माओवादी केन्द्र र कांग्रेसको मतमात्र २० हजार ९२ हुन्छ । जबकि एमालेका उमेदवारसँग १० हजार ८०६ मत मात्र थियो ।
अहिले मतादाताको संख्या बढेर ५८ हजार १७६ पुगेको छ । ११ हजार ६५३ मतदाता थपिएका छन् ।
प्रतिक्रिया