Developed By Kuldeep Sharma

November 24, 2022

चलचित्र निर्माता रोज राणा बने प्रदेश सांसद

प्यूठान– चलचित्र निर्माता रोज राणा (सरोज थापा) लुम्बिनी प्रदेश सभाका सांसद बनेका छन्।

नेपाली कांग्रेसका थापा प्यूठान प्रदेश सभा १ ‘२’ बाट प्रदेश सांसदमा निर्वाचित भएका हुन्।

उनले नेकपा एमालेका हरि रिजाललाई १ हजार ७ सय १२ को मतान्तरले पराजित गरेका हुन्। थापाले २२ हजार ५ सय १८ र एमालेका रिजालले २० हजार ८ सय ७ मत प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma