Developed By Kuldeep Sharma

May 4, 2022

बालेनमाथि तुच्छ गाली गर्दै किन टिप्पणी गर्दैछन् केशव स्थापित?

काठमाडौं। एमालेबाट काठमाडौं मेयरको उमेदवार बनेका केशव स्थापित अभिव्यक्तिका कारण पछिल्लो सयम एकपछि अर्को विवादमा तानिएका छन् । विशेषगरी उनीमाथि लागेको यौन दुराचारीको आरोप र त्यसबारे उनले पीडित महिलामाथि गरेका टिप्पणी र काठमाडौंकै मेयरमा स्वतन्त्र उमेदवारी दिएका बालेन शाहमाथि उनीबाट भइरहेका निम्न स्तरका टिप्पणीले उनी विवादित बनिरहेका छन् ।

उसो त एमाले अध्यक्ष केपी शर्मा ओली स्वयंले स्थापितको बचाउ गर्दै चुनावका बेला चरित्रहत्या हुने गरेको अभिव्यक्ति दिइसकेका छन् । वैशाख १५ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले ‘चुनावको बेलामा चरित्रहत्या र मीटू आउँछन् । मीटूको कुनै जवाफ आउँछ? यस्तो बेलामा मीटूको के जवाफ रु चुनाव आयो कि मी टू !’ भनी अभिव्यक्ति दिएका थिए ।

पीडित महिलाले मी टू अभियानबाटै घटना सार्वजनिक गरेकी थिइन् ।पछिल्लो समय उनै स्थापित बालेन शाहमाथि खनिन थालेका छन् । स्वतन्त्रबाट उमेदवारी दिएर चर्चा कमाएका युवा शाहमाथि स्थापित एकपछि अर्को आरोप लगाइरहेका छन् ।

वैशाख १८ गते शाहलाई उनले ुफुच्चेु भनेर सम्बोधन गरेका थिए । त्यतिमात्र होइन शाहलाई उनले ‘अन्तर्राष्ट्रिय ठगुको आरोप लगाएका थिए । उनले समग्र मधेसी समुदायमाथि असर पुग्ने खालको अभिव्यक्ति दिएका थिए ।

त्यसक्रममा उनले भनेका थिए,‘हिजो टिकटक हेरेको त मधेसतिरको साह रहेछ । सुरुवातमै ठग कुरा गर्ने? दर्तावाला ठग रहेछ । यसरी सबै काठमाडौंवासीलाई ठग्न पाइन्छ ?’

सो अभिव्यक्तिलाई लिएर चौतर्फी व्यापक आलोचना भयो । तर, आलोचना सेलाउन नपाउँदै मंगलबार वैशाख २० गते स्थापित फेरि शाहमाथि खनिएका छन् । मंगलबार भने उनी केही नरम देखिए । तर, शब्दवाण भने आफ्नै शैलीमा हान्न भ्याए ।

बानेश्वरमा आयोजित एक कार्यक्रममा उनले शाहले आफ्नो केशव स्थापितको फोटोको दुरुपयोग गरेको आरोप लगाए ।

‘यो बालेन भन्ने पात्रलाई केही नबोल भनेको, ठिक छ बोल्दिनँ । तर, मैले उठाएको कुरा के भने गर्नै नहुने काम गर्‍यो । राजनीतिमा यस्तो प्रवृत्तिलाई प्रश्रय दिनुहुन्न । एउटा कोठामा बसेर पाँच÷सात सय मोबाइलबाट घाँटीसम्म टिसर्ट लगाएको उसको फोटोमा मेरो टाउको हालेर तल लौरो एउटा राखेर ुकेशव स्थापितलाई जिताऔँ, लौरोमा छाप हालौँ भन्छ कस्तो बेवकुफ रैछ । गर्न पाइन्छ यस्तो ?’ उनले प्रश्न गरे ।

स्थापितले शाहमाथि र्‍यापमार्फत महिलाप्रति अपमानपूर्ण शब्द प्रयोग गरेको आरोप पनि लगाउँदै आएका छन् । पछिल्लो समय सामाजिक सञ्जालमा स्थापतिले भनेझैँ शाहको फोटोमा स्थापितको टाउको जोडेर दुष्प्रचार भइरहको पनि सत्य हो । तर त्यो कसले गरेको भन्नेबारे भने जानकारी छैन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma