Developed By Kuldeep Sharma

December 21, 2022

नेपाल नगरपालिका संघको केन्द्रीय सदस्य तथा महिला विभाग प्रमुखमा शाही चयन

काठमाडौं। कैलालीको लम्की चुहा नगरपालिकाकी प्रमुख सुशिला शाही नेपाल नगरपालिका संघको केन्द्रीय सदस्य तथा महिला विभाग प्रमुखमा चयन भएकी छन्। नेपाली कांग्रेसबाट निर्वाचित शाही संघको केन्द्रीय सदस्यसहित महिला विभाग प्रमुख चयन भएकी हुन्।

यस्तै संघको अध्यक्षमा धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगाना चयन भएका छन्। उपाध्यक्षमा सिन्धुपाल्चोकको चौतारासाँगागढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा चयन भएका छन्। उनी नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए। महासचिवमा नेकपा एमालेका तर्फबाट दाङको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी चयन भएका छन्।

यस्तै उपमहासचिवमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल चयन भएकी छिन्। कोषाध्यक्षमा नेपाली कांग्रेसबाट खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख विमला राई कोषाध्यक्ष र सहकोषाध्यक्षमा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख एकीकृत समाजवादीकी मीना लामा चयन भएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma