Developed By Kuldeep Sharma

December 21, 2022

गण्डकीमा मित्रलाल बस्यालले सांसदलाई शपथ खुवाउने

काठमाडौं।मंसिर ४ गते सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचित गण्डकी प्रदेश सभामा सांसदले शपथ लिएका छैनन्।प्रदेश सचिवालयले पुस १४ गते सांसदलाई शपथ गराउने तयारी थालेको छ।

योभन्दा अघि ज्येष्ठ सदस्यको हैसियतमा एमालेका मित्रलाल बस्यालले शपथ खाने छन्।पर्वत २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका बस्याल सबैभन्दा जेष्ठ सदस्य हुन्।

६५ वर्षीय बस्याल कांग्रेसका विन्दु थापा भन्दा २ दिनले ज्येष्ठ भएपछि नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने अवसर पाएका हुन्।

बस्याललाई गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस १३ गते कार्यालयमै शपथ गराउने तयारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma