Developed By Kuldeep Sharma

December 24, 2022

ओलीले भने- नेकपा फुटाउने प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल हुन्

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) योजनावद्ध रुपमा फुटाइएको दाबी गरेका छन्।

एमालेको प्युठान–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले उक्त पार्टी सर्वोच्च अदालतले विभाजन नगरेको बताए। ओली तत्कालीन नेकपाको एक अध्यक्ष हुन् भने, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थिए।

ओलीले सर्वोच्च अदालतले केवल नाम परिवर्तन गर्न भनेको पनि बताए। ओलीले नेकपा नामको पार्टी पहिला नै निर्वाचन आयोगमा दर्ता भएकाले अदालतले नयाँ नाम लिएर आउन भनेको बताउँदै दाहाल, माधवकुमार नेपाल र झलनाथ खनालहरूले नेकपा विभाजन गरेको आरोप लगाए।

२०७४ सालको आम निर्वाचनमा गठबन्धन गरेको एमाले र माओवादीबीच एकीकरण भएर २०७५ मा नेकपा बनेको थियो। २०७७ फागुनमा सर्वोच्चको फैसलापछि साविक एमाले र माओवादी केन्द्र ब्युँतिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma