Developed By Kuldeep Sharma

December 28, 2022

कांग्रेस संस्थापन इतर समूहको बैठक फेरि बस्ने, आजको बैठकमा के भयो?

काठमाडौं। नेपाली कांग्रेसको संस्थापन इतर समूहले फेरि बैठक बोलाउने भएको छ। पछिल्लो विकसित राजनीतिक घटना क्रमका बारेमा छलफल गर्न फेरि बैठक बस्ने निर्णय गरेको हो।

बालुवाटारस्थित नेता डा. शेखर कोइरालाको सम्पर्क कार्यालयमा बसेको बैठकले पछिल्लो विकसित राजनीकि घटना क्रमका बारेमा फेरि समूहको छलफल बोलाउने निष्कर्ष निकालेको हो।

२२ गते बस्ने केन्द्रीय समिति बैठकअघि नै आफूहरू एउटा निचोडमा पुग्ने नेता अर्जुन नरसिंह केसीले जानकारी दिए।

बैठकले पार्टीमा सीमित व्यक्ति हाबी भएकै कारणले गठबन्धन भत्किएको निष्कर्ष पनि निकालेको छ।

सभापति शेरबहादुर देउवाको भूमिका र पाँचदलीय गठबन्धन टुटेर विकसित राजनीतिक घटनाक्रमबारे समीक्षा गरिएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma