Developed By Kuldeep Sharma

January 4, 2023

चर्को आलोचना खेप्न पर्ने देखिएपछि कांग्रेस नेतृत्वले सार्यो बैठक, फेरी पनि सर्न सक्ने नेताहरुको आशंका

काठमाडौं। आईतबारका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सरेको छ।

गत मंसिर ४ मा सम्पन्न निर्वाचनको चुनावी समीक्षा र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न बस्ने भनिएको बैठक एक साता पछि सरेको हो।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै केन्द्रीय समिति बैठक पुस २८ गतेका लागि सारिएको उल्लेख गरेका छन्। संसदको सबैभन्दा ठूलो दल भए पनि नेतृत्वले गठबन्धन जोगाउन नसक्दा संघ र प्रदेशमा प्रतिपक्षमा पुगेपछि कांग्रेसमा सभापति शेरबहादुर देउवाको आलोचना भइरहेको छ।

यस्तैमा बैठकमा थप आलोचना हुने भएपछि सारिएको हुन सक्ने कांग्रेसका एक केन्द्रीय सदस्यले बताए। ‘अहिले पार्टी सभापति लगाएतका नेतृत्वविरुद्ध नेताहरु आक्रोशित बनेका छन्। बैठकमा कडा आलोचना हुने भएकाले पनि बैठक सारिएको होला। २८ गते पनि यो बैठक नबसेर सर्न सक्छ’, ति नेताले मुलुक प्रेससंग भने।

कांग्रेस संसदीय दलको बैठक पुस २३ गते बस्ने गरी बोलाइएको छ। २३ गते दिउँसो १ बजे सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बस्ने गरी बैठक बोलाइएको विज्ञप्तिमा उल्लेख छ। २५ गते संसद अधिवेशन बोलाइएको र २६ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यक्रम रहेकाले कांग्रेसले २३ गते आवश्यक रणनीति लिन संसदीय दलको बैठक बोलाएको हो।

मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कांग्रेसको केन्द्रीय समिति बैठक बसेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma