Developed By Kuldeep Sharma

पुस २०, २०७९

कमल शाह बने कांग्रेस सुदूरपश्चिम संसदीय दलको नेता

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा कमल बहादुर शाह चयन भएका छन्।

शाह सर्वसम्मत दलको नेता छानिएका हुन्। शाह कैलाली क्षेत्र नम्बर २ प्रदेशसभा (क)बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।

यसअघि प्रदेश दलको नेता चुन्नका लागि बुधबार निर्वाचन गर्ने तयारी गरिएको भएपनि अन्तिम समयमा सहमतीमा शाहलाई दल नेता चुनिएको प्रदेश महामन्त्री मेघराज खड्काले जानकारी दिए।

कांग्रसबाट प्रदेशसभामा १९ जना मध्ये ७ जनाले दलको नेतामा दाबी गरेपछि कांग्रेसले निर्वाचन गर्न लागेको थियो। संसदीय दलको नेताका लागि शाहसहित, बहादुरसिंह थापा, दिवान सिंह विष्ट, शिवराज भट्ट, प्रकाश बहादुर देउवा, मानबहादुर राव र मेघराज खड्काको दाबी दौडमा थिए। नेपाली कांग्रेस प्रदेश समितिले निर्वाचनका लागि पाँच सदस्यीय निर्वाचन कमिटी गठन गरेको थियो।

दलको नेता बन्ने दौडमा रहेका बहादुरसिंह थापा र प्रकाश बहादुर देउवा नै शाहका प्रतिनिधि बनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma