काठमाडौं। कर्णाली प्रदेशमा सरकार गठनको लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको छ। प्रदेश प्रमुख तिलक परियारले यही पुस २७ गते सोमबार अपराह्न ५ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका हुन्।
प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन्।
कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नको लागि आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
४० सदस्य रहेको कर्णाली प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १४ जना, माओवादी केन्द्रका १३ जना, नेकपा एमालेका १०, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद एक एकजना छन्।
सरकार गठनका लागि २१ जनाको सांसदको समर्थन चाहिन्छ।
प्रतिक्रिया