Developed By Kuldeep Sharma

January 9, 2023

आफुले गरेको संसद विघटन गलत नभएको भन्दै ओलीले गरे बचाउ

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुले गरेको संसद विघटनको पुनः प्रतिरक्षा गरेका छन्। आजको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले आफूले दुइपटक गरेको संसद विघटन गलत नभएको भन्दै बचाउ गरेका छन्। त्यसका लागि उनले बेलायतको उदाहरण दिए। यस्तै उनले अहिलेको सत्तारुढ दल प्रतिगमनका पक्षमा नजाने दाबी गरेका छन्।

ओलीले भने, ‘अहिलेको कोलिसन प्रतिगनममा जाँदैन, जानु हुँदैन। यो समीकरण समग्रतामा राष्ट्रियता, सार्वभौमितकता, राष्ट्रिय हीतको पक्षमा उभिन्छ। यसो भन्न अप्ठेरो मान्न पर्दैन। अहिलेको कोलिसनले संविधानको रक्षा गर्छ।’ ‘प्रतिनिधि सभा भंग हुनु प्रतिगमन होइन, यति पनि जान्ने नहुने हो कि, त्यसो भए त बेलायतमा कतिपटक प्रतिगमन भएछ भएछ, संसदीय व्यवस्थाको जन्मदाता देशमा अस्तिसम्म संसद विघटन भएको थियो, ’ ओलीले थपे, ‘अन्यत्र लगेर सरकार ढाल्न खोजे प्रतिगमन हुन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma