Developed By Kuldeep Sharma

January 13, 2023

मधेसका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूले लिए शपथ

काठमाडौं। मुख्यमन्त्री यादवले तत्काल तीन सदस्यीय मन्त्रिपरिषद् समेत गठन गरेका छन्।नवनियुक्त मन्त्रीहरूलाई पनि प्रदेश प्रमुख मिश्रले सपथ गराए।

नेकपा एमालेका सरोज कुमार यादव, जनता समाजवादी पार्टीबाट सञ्जयकुमार यादव र जनमत पार्टीबाट बसन्त कुशवाहाले पद तथा गोपनीयताको शपथ लिएका हुन्। उनीहरूको मन्त्रालय भने तोकिएको छैन।

स्रोतका अनुसार हालसम्मको भागबण्डा अनुसार एमालेले भौतिक पूर्वाधार, जसपाले सामाजिक विकास मन्त्रालय लिने सहमति भएको छ।

त्यसैगरी जनमतले भूमि व्यवस्था तथा कृषि सहकारी र माओवादीले उद्योग पर्यटन तथा वन मन्त्रालय लिने सहमति भएको हो। यद्यपि पार्टीले दाबी गरे अनुसार मन्त्रालय नपाएपछि माओवादीबाट मन्त्रीले शपथ नलिएको सांसद रहवर अन्सारीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma