काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका केन्द्रीय कोषाध्यक्ष चन्द्रबहादुर गुरूङले पार्टी छाडेका छन्। राप्रपा नेपालको कोषाध्यक्ष पदबाट उनले राजीनामा दिएका हुन्।
गुरूङले आज राप्रपा नेपालको केन्द्रीय कार्यालयमा कोषाध्यक्ष र साधारण सदस्य पनि नरहने गरी राजीनामा बुझाएका हुन्। राजीनामा पत्रमा उनले ‘मेरो कसैसँग कुनै गुनासो छैन’ भन्ने उल्लेख गरेका छन्।
यसअघि राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौडेल, केन्द्रीय सदस्यहरू उर्मिला अधिकारी र श्रीधर सुवेदीले पनि पार्टी छाडेका थिए।
प्रतिक्रिया