Developed By Kuldeep Sharma

May 5, 2022

जीतनारायणले प्रचण्डलाई सम्झाए ०७४ मा दिएको धोका, भने : रेणुलाई जिताउँछौं, पछि धोका नहोस्

काठमाडौं । नेपाली कांग्रेस चितवनका पूर्वसभापति जीतनारायण श्रेष्ठले भरतपुरको मेयरमा रेणु दाहाललाई जिताउने बताएका छन्। आज चितवनमा सत्तागठबन्धनले गरेको चुनावी सभामा उनले सत्तागठबन्धनका सबै उम्मेदवारलाई जिताइने पनि बताए।

उनले भने, ‘हामी भरतपुरको मेयरमा रेणु दाहाललाई जिताउँछौं। सिंगो गठबन्धन जिताउने प्रतिवद्धता व्यक्त गर्दछौं।’ उनले माओवादीले पछि धोका दिन भने नपाउने बताए। ‘हाम्रो सभापति सोझो हुनुहुन्छ। प्रचण्डजी भोलिका दिनमा धोका दिने काम नहोस्,’ उनले भने, ‘आज भन्दा ५ वर्षअघि गरेका यहीँ आएर गठबन्धनका लागि भोट मागेका हौं। तीन महिनापछि टुट्यो।’

०७४ मा गरेको प्रतिवद्धता छोटो समयमै टुटेको उल्लेख गर्दै उनले अब त्यस्तो गर्न नहुनेमा प्रचण्डलाई सचेत गराए। आमसभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल लगायतले सम्बोधन गर्ने कार्यक्रम छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma