Developed By Kuldeep Sharma

January 26, 2023

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित गरिएसँगै नेताहरूले असन्तुष्टि जनाएका छन्।

कांग्रेसको बैठक यसअघिनै दुई पटक सरेकामा बिहीबार फेरि अनिश्चितकालका लागि स्थगित भएको घोषणा गरिएको छ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा विशेष कारण देखाउँदै अर्को सूचना प्रकाशन नभएसम्मका लागि बैठक स्थगित भएको उल्लेख छ।

केन्द्रीय कार्यसमिति बैठक स्थगित गर्ने सहमति भने सोमबार नै भएको खुलेको छ। सहमहामन्त्री जीवन परियारका अनुसार सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा केन्द्रीय समिति बैठक स्थगित गर्ने विषयमा छलफल भएको थियो।

सभापति देउवाले महामन्त्री, उपसभापति र नेता शेखर कोइराला सँगसमेत परामर्श गरेका थिए। केन्द्रीय समिति नबस्ने भएसँगै संस्थापन इतर समूहको बैठक पनि स्थगित भएको थियो । आइतबार संस्थापन इतर पक्षको बैठक बसेपनि मंगलबार पुनः बस्ने भनिएको बैठक नबसेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma