Developed By Kuldeep Sharma

February 10, 2023

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले लिए शपथ

काठमाडौं।सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका  छन्। शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा शाहले प्रदेश प्रमुख देवराज जोशीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।

बिहीबार प्रदेश प्रमुख जोशीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा शाहलाई मुख्यमन्त्री नियुक्त गरेका थिए।

नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि राजेन्द्रसिंह रावल नेतृत्वको सरकार ढलेको थियो। नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइ माग गर्दै आएको छ। रिहाइ नभएसम्म कुनै पनि सरकारलाई विश्वासको मत नदिने अडान लिँदै आएको छ।

मुख्यमन्त्री शाहले पनि एक महिनाभित्र विश्वासको मत दिनुपर्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma