काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयर पदकी उम्मेदवार सिर्जना सिंहले काठमाडौंमा गठबन्धनले जितेपछि मतदाताको शिर निहुरिन नदिने गरी काम गर्ने प्रतिवद्धता जनाएकी छिन्।
शान्तिबाटिकामा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै सिंहले गठबन्धनको पक्षमा माहोल बनिसकेको बताइन्। उनले काठमाडौंमा गठबन्धनको जित निश्चित भएको बताएकी छिन्।
‘काठमाडौंमा हाम्रो जित निश्चित छ। हामी जितेर आएपछि जनताले सोचेजस्तो काठमाडौं बनाउँछौं। मतदाताको शिर निहुरिन दिदैनौं। महानगरलाई महान् घरजस्तो बनाउँछु। सबैलाई सम्मान गर्ने र सबैलाई अपनत्व दिने काठमाडौं बनाउँछौं’, सिंहले भनिन्।
आफू मेयर भएपछि काठमाडौंका सबै टोल र गल्लीमा सडक बत्ती र सीसी टिभी जडान गर्ने सिर्जनाले प्रतिवद्धता जनाइन्। काठमाडौं महानगरका सबै वडामा ज्येष्ठ नागरिकका लागि भवन बनाउने उद्घोष गर्दै सिंहले सार्वजनिक स्थानमा निशुल्क खानेपानी र सार्वजनिक शौचालयको व्यवस्था गर्ने प्रतिवद्धता पनि व्यक्त गरिन्। चुनावी सभालाई गठबन्धनका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।
प्रतिक्रिया