Developed By Kuldeep Sharma

March 19, 2023

प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सत्तापक्षमा बस्ने कांग्रेसको निर्णय

काठमाडौं। नेपाली कांग्रेसले सत्तापक्षमा बस्ने निर्णय गरेको छ।

आज बिहान बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने र सरकारमा पनि सहभागी हुने निर्णय गरेको हो।

आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ। आजको संसद् बैठकदेखि कांग्रेस सत्तापक्षमा बस्ने निर्णय गरिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।

प्रधानमन्त्री दाहालले चैत ६ गते विश्वासको मत लिने तयारी गरेका छन्। उनले एकै कार्यकालमा दोस्रो पटक विश्वासको मत लिन लागेका हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma