Developed By Kuldeep Sharma

May 6, 2022

पुरुषहरूले धेरै राज गर्‍यौं तर लछारपाटो लगाउन सकेनौं : प्रचन्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचन्ड’ले पुरुषले धेरै सत्ताको नेतृत्व गरे पनि काम गर्न नसकेको बताएका छन्। पाँच दलीय गठबन्धनको संयुक्त चुनावी आमसभालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै प्रचन्डले महिलालाई कार्यकारी प्रमुखको रुपमा हेर्नु पर्ने बेला भएको बताए।

‘कसैलाई छोरी र कसैले श्रीमती भनेर महिलाभित्र रहेको क्षमतालाई अपमान गर्ने काम भएको छ,’ दाहालले भने, ‘पुरुषहरुले धेरै राज गर्‍यौं तर लछारपाटो लगाउन सकेनौं।’ ऐतिहासिक परिवारसँग सम्बन्धित सदस्यलाई अघि सारेको भन्दै दाहालले राजधानीका लागि अवसर भएको बताए।

उनले देशको राजधानी विदेशहरूको चियाउने आँखीझ्याल भएको भन्दै त्यसलाई सुन्दर बनाउनु पर्ने बताए। महिला उम्मेदवारहरूमाथि नकारात्मक प्रचार भइरहेको भन्दै त्यस्तो प्रचारप्रति उनले आपत्ति समेत जनाए। केही मानिसहरूले महिला उम्मेदवारका बारेमा कसैको छोरी र श्रीमती भनेर कुप्रचार गरेको उनको भनाई थियो।

‘कसैलाई छोरी र कसैलाई श्रीमतीको रुपमा कुप्रचार गरेर नकारात्मक प्रवृति देखिइरहेको छ’, प्रचण्डले भने, ‘महिलाको क्षमतालाई अवमूल्यन गर्ने एकथरी मानिसको कोशिस छ।’ उनले त्यस्ता प्रवृत्तिको विरोध गर्दै जहाँ जहाँ महिलाहरू कार्यकारी भूमिकामा रहेका छन् ती ठाउँमा राम्रो काम भएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma