Developed By Kuldeep Sharma

May 6, 2022

गठबन्धन सरकारले १० महिना एमालेलाई गाली गरेर खेर फाल्योः अध्यक्ष ओली

काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले १० महिना एमालेलाई गाली गरेर खेर फालेको आरोप लगाएका छन्।

रौतहट सदरमुकाम गौरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले सो आरोप लगाएका हुन्।

उनले भने, ‘गठबन्धन सरकारले देशको दस महिना खेर फालेको छ । सरकार गठन भएदेखि गठबन्धनले एमालेलाई गाली गर्नु बाहेक कुनै काम गरेको छैन।’

उनले चुनावी सभामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको कडा आलोचना गरे।

नेपाललाई नै कुहिएको फर्सी र कुलङ्गार भएको आरोप ओलीले लगाए ।

यसैगरी बिहीबारको चितवन सभामा आफ्नी छोरीलाई भोट नदिए देशमा दुर्घटना हुने बताएका प्रचण्डप्रति आक्रोशित हुँदै ओलीले चितवनका जनताले डर र धम्कीविरुद्ध सल्लाह गरिरहेको बताए।

ओलीले नेकपा एमालेले मात्रै मधेसको विकास गर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma