Developed By Kuldeep Sharma

May 7, 2022

केशव स्थापितलाई भोट माग्न केपी ओली पदयात्रामा

काठमाडौँ। चुनावी मोहोल बनाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज काठमाडौँमा पदयात्रा गर्ने भएका छन्। काठमाडौँ महानगरपालिकाका भित्रि सहरका वडा नं. १२, १७, १८, १९, २०,२१,२२,२३, २४, २५ र २७ गरी ११ वटा वडामा वैशाख २४ गते बिहान ७ः ३० बजे  पदयात्रामा निस्किनेछन्।

वृहद् पदयात्रा कार्यक्रमलाई भब्यरूपमा सम्पन्‍न गर्ने बारेमा पार्टी महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य डा‍ राजन भट्टराईलगायतको छलफलपछि काठमाडौँ महानगर निर्वाचन परिचालन सचिवालयमा सामूहिक तस्बिर खिच्ने कार्यक्रम छ।

काठमाडौँ महानगरमा एमालेबाट मेयरमा केशव स्थापित उठेका छन्। स्थापितको पक्षमा मोहल बनाउन ओली आफै खट्ने भएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma