Developed By Kuldeep Sharma

May 10, 2023

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन्। यस प्रकरणमा खाँणको नाम मुछिएपछि प्रहरीले आज बिहान पक्राउ गरेको हो।

खाणलाई प्रहरीले चाबहिलको मैजुबहाल निवासबाटै पक्राउ गरेको बताएको छ। केहिदिन अघि खाणलाई पैसा बुझाएको विषयमा एक अडियो सार्वजनिक भएको थियो। सोहि अडियोको अनुसन्धान गर्दा खाण पक्राउ परेका हुन्।

त्यस्तै यसअघि नै खाँण गृहमन्त्री हुँदा मन्त्रालयमा सचिव रहेका टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी लगायतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। एमालेका सचिव रायमाझी भने अहिले सम्म फरार छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma