Developed By Kuldeep Sharma

May 10, 2023

कुनै दवावले अनुसन्धान प्रभावित नहोस् : महामन्त्री गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले कुनै पनि दवावले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रभावित हुन नहुने बताएका छन्।

उनले आज प्रतिनिधिसभामा बोल्दै निर्दोष कोहि नपरोस् तर दोषी छ भने नेता होस् या नाता होस् कोहि छुट्न नहुने र यस प्रकरणलाई हरेक नागरिकले हेरिरहेको बताउदै छानविन निष्पक्ष हुनुपर्ने बताएका छन्।

निष्पक्ष छानविन गर्न आग्रह गर्दै उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकै होस् जुन दलको होस्, जुन ओहोदाको होस् उ कानुनको दायरामा आउनैपर्छ। बजारको हल्लाले अनुसन्धान प्रभावित नहोस्। तर कुनै भेटघाटले पनि प्रभावित नहोस्। र कुनै दवावले प्रभावित नहोस्।” यो प्रकरणमा सरकारले दह्रोसंग खुट्टा टेक्न सके सुशासनको नारा लगाउन सक्ने भन्दै महामन्त्री थापाले यस प्रकरणमा अहिले सरकारले जे गरिरहेको छ त्यस कार्यको प्रशंसासमेत गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma