काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुरबाटै हार स्वीकारेको बताएका छन्।
इटहरीको चुनावी कार्यक्रममा पुगेका ओलीले भरपुरमा रेनु हारे देश संकटमा जाने प्रचण्डको अभिव्यक्ति हारको स्वीकारोक्ति भएको बताए। प्रचण्डले दुर्घटनाको धम्की दिए पनि अन्तिममा चिसै पानीले नुहाउने पनि ओलीले दाबी गरे।
प्रचण्डले नेपाली कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवालाई धम्क्याइरहेको पनि ओलीले बताए। धम्कीकै कारण देउवाले रेनुलाई आफूले उम्मेदवार बनाएको अभिव्यक्ति दिएको उनको भनाइ छ। ओलीले भने, ‘प्रचण्डको छोरीलाई मैले उम्मेदवार बनाएको हो, उहाँले होइन भनेर धामी बके झैँ बक्नुभएछ देउवाजी ।’
छोरी र बुहारीका लागि मरिमेटेर लागे पनि गठबन्धनले अन्य स्थानमा महिलाहरुलाई अधिकारबाट बञ्चित गरेको आरोप लगाए। उनले गठबन्धनमा महिला कोटा छोरी, बुहारी, श्रीमतीलाई मात्रै भएको बताए।
प्रतिक्रिया